डोजर पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते

छिनोफानो   बिहिबार ०२, मङि्सर २०७८ ०८:५९

दाङको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।आज बिहान करिब ४ बजेतिर डोजर पल्टिएको थियो।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ।सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन्।

बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु