कैलालीको धनगढीमा एक बालक मृत फेला,हत्या आशंका

छिनोफानो   बिहिबार ०२, मङि्सर २०७८ ०६:१२

कैलालीको धनगढीमा एक बालक मृत फेला परेका छन्।जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामनगर टोलमा बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाका कान्छी श्रीमतीका १० वर्षीय छोरा निशान थापा मगर मृत फेला परेका हुन्।

उनकी आफ्नी आमा निर्मला थापा मगर र बुवा बहादुर रेकाया भने काम को शिलशीलामा भारतमा छन्।  बहादुरकी जेठी श्रीमती, ‘माघी रोकाया ८ बर्षिया छोरा र एक १३ बर्षिया छोरीसंगै कार्तिक ३० गतेदेखि बेपत्ता रहेको स्रोत ले जनाएको छ । घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ।’ स्थानीयका अनुुार निशान सौतेनी आमा माघी रोकाया संग बस्दै आएकोे उनको हत्या भएको  बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार निशान सौतेनी आमा माघी रोकायासँग वडा नम्बर २ को रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। निशान कोठाभित्रै मृत फेला परेका हुन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु