आठ प्रहरी नायव उपरीक्षक हरुलाई प्रहरी उपरीक्षक मा बढुवाको लागि सिफासिरस

छिनोफानो   शुक्रबार ०३, मङि्सर २०७८ ०९:३३

प्रहरी प्रधान कार्यालयले आठ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफासिरस गरेको छ ।

नेपाल प्रहरीको बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले आठ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रबहादुर जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको प्रहरीको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु