कोरीयाबाट फर्केर बंगुरपालन ब्यावसाय

पवन भण्डारी   शुक्रबार ०३, मङि्सर २०७८ ११:२८

पवन भण्डारी धनगढी । बैदेशिक रोजगारवाट फर्केपछि थालेको बंगुरपालनवाट कञ्चनपुरका एक युवा राम्रो आम्दानी गर्न सफल भएका छन । कृष्णपुर नगरपालिका चारका लालमनी ढुंगाना बंगुरपालनमार्फत आत्मनिर्भर मात्रै भएका छैनन रोजगार सिर्जना गर्न समेत सफल भएका छन । रोजगारीको सिलसिलामा पाँच बर्ष कोरीया बसेर घर फर्कियका कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का लालमनी ढुंगाना अहिले गाउमै बंगुरपालन पालनमा जुटेका छन । 

आफनै देशमा केहि गर्नु पर्छ भन्ने उद्देश्यले उनले करिब ५० लाँख भन्दा बढि लगानी गरि आधुनिक घर सहित बंगुरपालन ब्यावसाय सुरु गरेका हुन । गाँउघरमा बंगुरपालन ब्यावसाय भने पछि नराम्रो दृष्टीले हेर्ने चलन अझै पनि कायम रहेका बेला ढुंगानाले गाउमै आधुनिक खोर सहित ब्यावसाय सुरु गरेका हुन । 


लामो समय कोरीयामा बस्दा आफुले गाउमै बसेर केहि गर्नु पर्छ भन्ने सोच बनाएर नेपाल फर्किएका उनले हाल ५० भन्दा बढि बंगुर पालेका छन । बंगुर ब्यावसाय बाट राम्रै आम्दानी हुने उनले बताए ।


बंगुर ब्यावसाय लाई सदुरपश्चिमकै नमुना बनाउनका लागी आफु लागी रहेको उनले बताए । ढुंगानाले ४ जना लाई रोजगारी समेत दिएका छन । उनी अझै कर्मचारी र बंगुर समेत थप्ने योजनामा छन ।

सरकारले युवा स्वरोजगार कार्यक्रम मार्फत ब्यावसाय गरेर बस्ने युवाहरु लाई अनुदान उपलब्ध गराउने भएपनि आफुले कहि कतै बाट अनुदान नपाएको बंगुरपालक किसान ढुंगानाको छ । उनले सरकारले सहयोग गरेमा यो ब्यावसायलाई अझै बृहत बनाउने आफनो चाहाना रहेको बताए ।

 

ढुंगानाले बिदेशमा गएर फर्कियका युवाहरु लाई स्वदेशमै केहि गर्न आग्रह समेत गरेका छन । सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याय पनि काम गर्ने युवाहरु सम्म त्यो कार्यक्रमको प्रभाब परेको देखिदैन । आत्मनिर्भर बन्न खोज्ने ढुंगाना जस्ता युवामाथि सरकारले थप लगानी गरेमा त्यसवाट मुलुकले नै फाइदा उठाउने देखिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु