छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

छिनोफानो   शुक्रबार ०३, मङि्सर २०७८ ०२:१३

राजविराज: सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–६ वीरपुरमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स१त ६२५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा९३प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिएपछि ट्र्याक्टर सडकबाट पाँच मिटर तल खसेर पल्टिएको थियो।

सोही ट्र्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना घाइते  उनीलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि  उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा ट्र्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन्। यस्तै  वडा नं ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी सङ्गीया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी ४ वर्षीया छोरी सिद्धान्त यादव घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु