धर्मेन्द्र बिसी,बेलायत । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने चलन छ । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
तर मेरो बुवाले हामीलाई छोडेर परलोक जानु भएको पनि पाँच वर्ष नै भैसक्यो । म मेरा बुवालाई हरेकपल सम्झीरहेको हुन्छु । मेरो बुवाको मृत्यु उमेर पुगेर नै भएको होइन । आज भन्दा करिव ६ वर्ष पहिले बुवा एक्कासी बिरामी भएर गाउँको सामान्य स्वास्थ्य चौकी पुग्नु भयो सामान्य चेकजाच पछि घर फर्किएर केहिदिन त्यहि आषधी प्रयोग गर्दा समेत सन्चो नभएपछि जिल्ला अस्पताल सम्म मैले चेकजाचँका लागि लगेर गए करिव एक हप्ता जिल्ला अस्पतालको उपचारपछि सञ्चो नभएपछि मैले चिकित्सकलाई रिफर गर्न अनुरोध गरे र वास्तविक समस्या र कहाँ उपचार गराउदा सहज र सञ्चो हुन्छ भन्ने कुराको जानकारी लिए ।
चिकित्सकले बा लाई क्यान्सरको सम्भावना भएको संकेत दिदै क्यान्सर अस्पताल चितवन लैजान सुझाव दिनाुभयो । त्यसपछि घरका दाजुभाईको सल्लाहमा हामीले “बा” लाई चितवन नभइ भारत लगेर गयौं । मनमा ठुलो तरंग आइरहेको थियो भगवान बा लाई क्यान्सर नदेखियो । मनमा पिडा बा को चिन्ता आर्थिक अभावले गोजि रित्तो भएको अवस्थामा बा लाई कसरी बचाउने भन्ने डर मनभरी हुदै भारतमा चेकजाचँ गरायौं । र रिपोर्ट प्रतिक्षमा २ दिन कुर्दा रिपोर्ट मा हाम्रो कुरा भगवानले सुनिदिएको नरहेछ मनचरी पिडा आखाँभरी आशु लिएर बा लाई यो कुरा जानकारी नै नदिएर नेपालमै उपचार गराउने निर्णय भयो । र भारतमा चेकजाँच गर्ने डाक्टरले त हाम्रो आशा नै मारिसकेको थियो तर पनि मनले मानेन र मैले चितवनको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल लगे करिव २ महिनाको उपचार आर्थिक अभावले अलिच्याप्न थालेपछि मैले मेरो दाइलाई बोलाएर काठमाडौं लग्ने सल्लाह दिए र म घर तिर फर्किए ।
बा को उपचारका लागि गाउँमा करिब तिन रुपैयाका दरले ब्याजमा पैसो जोहो गर्दै पठाए हो त्यहि बेलामा आफ्नै गाउँपालिकामा रेडियो हाम्रो जाल्पा स्थापनाको लागि म निकै मेहनत र दौडधुप गरिरहेको थिए । बा बचाउने आशामा पठाए । मेरो एउटा अनौठो स्वभाव के छ भने मेरा पिडाहरु अरुले कहिले देख्दैनन् । र देखाउदिन पनि यहि स्वभावको फाइदा अरुले उठाउछन् । हाम्रा बा लाई बचाउने आशामा भक्तपुरको सल्लाघारीमा रहेको क्यान्सर अस्पताल भर्ना गरियो ।
भर्ना गरेको केहिदिन म काठमाडौं पुगे र अस्पतालमा रहेका बाको सेवामा रातदिन काट्दै बितिरहेका थिए । बा बाच्ने आशा मरेको थिएन करिव २ महिना सल्लाघारी क्यान्सर अस्पतालको बसाई छोटिदै थियो । म अस्पतालमा बा को नियमित चेकजाँच गराइ रहेको थिए । मेरो मोबाइलमा एउटा फोन आयो म त होटेलमा बन्दीहुनुपर्ने अवस्थामा छु ।
मलाई निकाल्न पर्यो मैले सोचे बा बचाउन लागिपरेको म कसरी सहयोग गरेर अरुलाई बचाउन सकिन्छ र सोचे र जवाफ दिए भन्नुहोस के सहयोग गर्न सक्छु हजुलाई मैले ? उताबाट भन्नुभयो होटेलमा बसेर रक्सी खाको पैसा तिर्न सकिएन सहयोग गर्न पर्यो । त्यसपछि म अचम्मीत भए । बा लाई मृत्यु शैयामा राखेर कसैले होटेलमा जाडखाको बिल तिरिदिएर सहयोग गरि बन्दी मुक्त गरिदिनु भन्दा म मात्र होइन जो कोहि नि अचम्म पर्नु कुनै अनौठो कुरा चै होइन र कसैलाइ पनि लाग्दैन होला ।
जीवन र मृत्युसंग लडिरहनु भएका मेरा बाले मलाई प्रश्न गर्नु भयो । कसैलाई पैसा सापटी माग्दै होकी पैसा नपुग्ने भनेर ? मेरो मन निकै भक्कानियो अस्पतालका बेडहरु मेरा बा जस्तै क्यान्सरसंग लडिरहेकाहरुले भरिभराउ थियो । सबैका अगाडी रुने आट पनि आएन । बा को शैयाबाट जुरुक्क उठेर बाहिर निस्कीए । र उताबाट निरन्तर मेरो मोबाइलमा फोन आइरहेको थियो मलाई होटेलबाट मुक्त गरिदिनु पर्यो ।
बा ले जहिले भन्नुहुन्थ्यो समस्यामा परेका मान्छेहरुलाई सहयोग गर्दा धर्म लाग्छ । मैले त्यो कुरालाई सम्झीए र कति हो तिर्नपर्ने होटेलको बैंक डिटेल पठाउन भने । उताबाट नगद नै चाहिने भनेपछि बा लाई अस्पतालको मृत्यु शैयामा एक्लै छोडेर अरुले रातभरी खाएको अस्वभाविक जाडको बिल तिरेर फेरी त्यहि क्यान्सर अस्पताल फर्किए र बा लाई भने अरुले खाएको अस्भाविक जाडको पैसा तिरेर फर्किए समस्यामा रैछन् ।
बा को जवाफ आयो पैसा पावर र सम्पत्ति भएसम्म मात्र हाम्रा हुनेहरु संगको संगत टाढै राख्नु छोरा गल्ती कसैको नगर्नु नबिराउनु नडराउनु मेहनत को सानो कमाईले पनि मिठो निन्द्रा र सन्तुष्टि दिन्छ । गलत गरेर कमाएको करोडौंको महलमा निद्रा आउदैन् । त्यसपछि बालाई भक्तपुर क्यान्सर अस्पतालले पनि आयु लामो बनाउन नसक्ने भएपछि आर्योवेदिक उपचारमा भारतका राजस्थान लग्यौ ।
करिब १ वर्षको आयु थप्न बाहेक बा लाई हामीले केहि गर्न सकेनौं चाहेर पनि । अब आजको दिन सम्म हजुरको आर्शिवादले साथ दिइरहेको छ बुवाप्रति श्रद्धासुमन ।
प्रतिकृया दिनुहोस