आमाबुवा र आफन्तको समेत मायाबाट वञ्चित बनेका डेउडा गायक नेत्र रावलको जीवन कहानी

छिनोफानो   शुक्रबार ०४, साउन २०८१ १२:३६

सानै उमेरमा आमा बुवाको मायाबाट वञ्चित अछामको मंगलसैन नगरपालिका १२ बिर्कुमा जन्मनु भएका डेउडा गायक नेत्र बहादुर रावल पछिल्लो समय गीत प्रवासमा बसेर गीत सङ्गीत तिर आबद्ध छन । दुःख कष्टलाई आशुमा बदलेर सानैमा प्रबासीयमा रावलको जीवन कहानी सुन्दा जो कोहीको पनि आँखाबाट आशु आउँछ । सानैमा आमाले पनि छोडेर गएका गायक रावले स्कुलको मुहार समेत देख्न पाएनन् । 

आज छिनोफानोको विशेष बहसमा सम्पादक पवन भण्डारीले गायक रावल सँग उनको जीवन भोगाई बारे कुरा गरेका छन  । तर देख्दा हाँसी रहने रावलको पुरा जीवन भोगाई मैले सुन्दा आँखाबाट आँसु बरबराउन थाले  । रावलले आफ्नो कहानी सुनाउँदै भने मैले न आमा बुवाको माया पाए न घर परिवार छर छिमेक कसैको माया पाए । म गाउँमा एक्लै भौँतारी रहन्थे ।

विद्यालयमा साथीहरू जाँदा मलाई पनि पढ्ने इच्छा लाग्थ्यो तर के गर्ने मलाई स्कुलमा पढाउने कोही थिएन । साथीहरू स्कुल जाँदा सँगै जान्थे तर उनीहरू पढ्न जान्थे म बाहिर बसेर उनीहरू लाई नियाली रहन्थे । म सानै थिए मलाई कसले के भन्छन् के गर्छन् भन्ने कुनै जानकारी थिएन । 

कति बेला त लाग्थ्यो कसैले नभेटिने गरी कतै भागेर जाऊ तर कुनै बेला कहाँ जाने के गर्ने भन्ने सोची रहन्थे । गाउँमा गोरु चराउँदा चराउँदै समय बित्दै गयो । 

म १५ वर्षको पुगेको थिए गाउँका साथीहरू सबै भारत जाँदै थिए मैले पनि भारत जाने निधो गरे र गाउँका साथीहरू सँग भारत गए । गाउँघरमा राम्रो सँग बोल्न नजान्ने म प्रदेशमा कसरी बोल्न सक्थे तर पनि हिम्मत हारिन । मलाई मेरै आफन्तले होटेलमा जागिर लगाई दिए । म होटेलमा काम गर्न थाले बिस्तारै उमेर पनि बढ्दै गयो । बाल्यकालका दुःख लाई भुल्दै मैले सङ्घर्ष गर्दै गए ।

 जब मैले आफूलाई आर्थिक रूपमा थोरै भए पनि माथि उठाउन सके , आफूले भोगेका भोगाइलाई सम्झँदै मैले  काम गरिरहे । अनि छि छि र दूर दूर गर्ने आफन्त र परिवार केही नजिक भए । मलाई ति बाल्यकालका दिनहरूको सम्झना पल पल आई रहन्थ्यो । मैले सबैलाई राम्रो नै गरे जसले मलाई नराम्रो गरेका थिए उनीहरू लाई राम्रो गर्न थाले । जब २२ वर्षको उमेर भयो मैले विवाह गरे र भारत गए । हुन त मैले १५ वर्षको उमेर देखि नै भारतमै बस्थे । विवाह गरेर भारतमा गए । दुःखमा हुर्केको म भारतमा आफ्नो विगत लाई सम्झँदै काम गर्न थाले । भनिन्छ नि श्रीमती घरको सबै थोक हो भनेर मेरो खुसीमा मेरो श्रीमतीको विशेष हात रहेको छ ।

बिस्तारै समय बित्दै गयो म प्रति पारिवारिक जिम्मेवारी बढ्दै गयो । छोरा छोरीहरू भए उनीहरूको शिक्षा दीक्षाको चिन्ता पनि मलाई थपिँदै गयो । मैले हरेक पटक आफ्ना छोरा छोरी लाई आफ्नो जस्तो भविष्य उनीहरूको नहोस् भन्दै सोच्थे । बिस्तारै छोरा छोरीहरू नि हुर्कँदै छन पढ्दै छन । म र श्रीमती छोरा छोरीको भविष्यको चिन्ता गर्दै अझै पनि प्रवासमा आफ्नो पसिना खियाई रहेका छौ । 

बिस्तारै मलाई गीत सङ्गीत बाट आफ्ना दुःख हरू पोख्ने रहर जाग्यो मेरो श्रीमतीले पनि मेरो ईच्छार र रहरमा साथ दिनु भयो । मैले आफ्नै जिन्दगीको घटनामा आधारित कोही छैन सहारा मेरो बोलको गीत बजारमा ल्याए । उक्त गीतमा मैले आफ्नो जीवनमा भोगेको भोगाई लाई समेटेको थिए ।

 सो गीत पछि मेरो गीत सङ्गीत तर्फ  मोह बढ्दै गयो थुप्रै गीतहरू बजारमा ल्याई सकेको छु । र दर्शकहरू ले माया गरि दिनु भएको छ । थोरै भ्युज भए पनि खुसी हुने म भ्युज भन्दा पनि गीत सङ्गीतको माया बढी लाग्दछ मलाई । त्यसैले सम्पूर्ण दर्शकहरूलाई मेरा गीतसङ्गीतहरू लाई माया गरिदिन र आउनै लागेको नयाँ गीत घुम्दै रहेई माया लाई हेरेर साथ दिनुहोला । सुझाव सल्लाह दिनु होला । म मेरो सास रहन्जले आफ्नो दायित्व बाट पछि हट्ने छैन जय मातृभूमि 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु