कैलालीमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

छिनोफानो   सोमबार १६, मङि्सर २०८२ ११:४७

कैलाली । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलामा कैद सजाय तोकिएपछि फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–६ निवासी २४ वर्षीय दिलबहादुर चौधरी र २६ वर्षीय आसाराम चौधरीलाई पक्राउ गरेको हो।

दिलबहादुरलाई लागूऔषधसम्बन्धी मुद्दामा अदालतले १ वर्ष कैद सजाय तोकेको थियो। त्यस्तै, आसारामलाई सोही मुद्दामा ४ महिने कैद सजाय तोकिएको थियो।

दुवै जना फरार रहँदै आएको र खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई अदालतका फैसलाअनुसार कैद सजाय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु