बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका–९ जुवापानीस्थित डाँडामा एक पुरुष मृतावस्थामा फेला परेका छन्।
सेलापाखा निवासी, करिब ४० वर्षीय धनबहादुर रावत डाँडामा मृत भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रारम्भिक जाँचपछि आवश्यक छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस