सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले बढ्यो

छिनोफानो   सोमबार १६, मङि्सर २०८२ १२:०२

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेसँगै तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज ४५ रुपैयाँले बढेर तोलाको तीन हजार पाँच सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार चार सय ९० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु