कैलालीको गेटामा २ पसलमा आगलागी हुदा ढाई करोडको क्षती

छिनोफानो   बुधबार १८, मङि्सर २०८२ १२:१७

धनगढी । कैलालीको गोदावरी नगरपालिका ५ गेटामा रहेका २ पसलमा आगलागी हुँदा करिब २ करोड ५० लाँख बराबरको क्षति भएको छ । स्थानिय मिना देउवाले सञ्लालन गरेको निशा टेर्डस एण्ड सप्लायर्स र मनिषा टेर्डस एण्ड सप्लायर्समा आज बिहान ६ बजे आगालागी भएको थियो  ।
 पसलमा रहेको बिद्युत सर्ट भएर आगालागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्र्यालय कैलालीले जनाएको छ । आगालागी बाट दुबै पसल पुर्ण रुपमा जलेर नष्ट भएका छन । आगालागी नियन्त्रणका लागी बिभिन्न सुरक्षाकर्मी र स्थानियबासीले करिब दुई घण्टा पछि नियन्त्रणमा लिएका थिए । 
आगालागी भएको केहि छिनमै प्रहरी चौकी गेटा बाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोलि पुगे पनि आगालागी नियन्त्रणमा लिन करिब दुई घण्टा समय लागेको प्रहरीले जनायको छ ।  
आगालागीमा कुनै मानविय क्षती भने नभएको तर पसलको सामानहरु पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक कैलाली सिह बिष्टले बताए । आफुले आगलागी हुने बित्तीकै दमकललाई जानकारी गराउदा समेत दमकल ढिलो आउदा कुनै पनि सामान बाकी नरहेको पिडित देउवाले बताईन । 
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएकोे प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु