भीरबाट खसेर महिलाको मृत्यु

छिनोफानो   बिहिबार १९, मङि्सर २०८२ ०१:१७

वाशुलिङ । बैतडीको सूर्नया गाउँपालिका–८ सेलामा भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ । स्थानीय ३१ वर्षीय पार्वती साउँद घरनजिकै बाख्रा चराउन गएकी बेला बुधबार अचानक चिप्लिएर भीरबाट लड्दा घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पार्वतीका दाजु हरिसिंह महराका अनुसार दिउँसो करिब ३ बजेतिर उहाँ  खोँचतिर झर्दै जाँदा दुर्घटना भएको थियो ।

घरमा दुई नाबालक छोरा मात्रै रहेका पार्वतीका श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा हुनुहुन्छ । बहिनीको निधनको सूचना पाएपछि उहाँ हतार–हतार नेपाल फर्किन लागेको पारिवारिकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु