धनगढी । प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हर्क सिंह प्रपाला हरिसलाई नेपाली कम्युनिस्ट पार्टी कैलालीले प्रतिनिधि सभा निर्वाचनमा लागी कैलाली क्षेत्र न ५ बाट समानुपातिकमा सिफारिस गरेको छ । प्रपालालाई अल्पसङ्ख्यक तथा लोप उन्मुख कलष्टरबाट नेकपाले सिफारिस गरेको हो ।
नेकपा कैलालीले जिल्लाका सबै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकमा आकांक्षा राख्नेहरूको अन्तिम नाम टुङ्ग्याउँदै केन्द्रमा सिफारिस गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी दलहरूले उम्मेदवार छनौट र सिफारिसको कार्य धमाधम गर्दै आएका छन ।
समानुपातिकमा सिफारिस पछि छिनोफानो डटकम सँग कुरा गर्दै प्रपालाले आफ्नो पार्टी प्रतिको त्यागलाई मुल्याकंन गर्दै समानुपातिकमा सिफारिस गरेकोमा सम्पूर्ण नेता गणलाई धन्यवाद समेत ब्याक्त गरेका छन । आफूले कम्युनिस्ट आन्दोलनको विरासतलाई जोगाउँदै सु–शासन न्याय र विकास सँग जोडेर अघि बढाउने प्रतिबद्धता जनाएका छन । साथै उनले आफू भ्रष्ट्राचार विरुद्ध उभिँदै सुशासनका पक्षमा आपनो आवाज बुलन्द हुने उनले बताए ।
पत्रकारिता र सङ्घर्षको पृष्ठभूमि
हर्क सिंह प्रपाला (हरिस) ले आफ्नो राजनीतिक यात्रा तत्कालीन नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) बाट सुरु गरेका हुन । परिवर्तनमुखी राजनीति र जन पक्षीय विचारलाई आत्मसाथ गर्दै उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन ।
पछिल्ला करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रपालाले करिब १७ वर्षदेखि एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो मार्फत सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन । उनी नेकपा माओवादी निकट प्रेस सेन्टर कैलालीका पूर्व अध्यक्ष समेत हुन् भने हाल प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा कार्यरत छन ।
अन्याय, अत्याचार र विभेदविरुद्ध सशक्त आवाज उठाउँदै आएका प्रपाला लोकतान्त्रिक व्यवस्था, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिने व्यक्तित्वका रूपमा चिनिन्छन् । पत्रकारिता र राजनीतिक सक्रियतासँगै उनी सामाजिक सेवाका क्षेत्रमा समेत निरन्तर सक्रिय रहँदै आएका छन । उनको उम्मेदवारी सिफारिसलाई समावेशी लोकतन्त्र सुदृढीकरण र जनआवाजको सम्मानका रूपमा हेरिएको छ ।
प्रतिकृया दिनुहोस