सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो

छिनोफानो   बुधबार ०९, पुष २०८२ १२:४४

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन तोलामा एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार चार सय २० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार दुई सय ५५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु