टोटी खोलामा पक्की पुल निर्माण थालियो

छिनोफानो   शुक्रबार १८, पुष २०८२ १२:४६

कञ्चनपुर।  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ । 

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताउनुभयो । निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उहाँले राससलाई दिनुभयो । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु