बैतडी, पुस १८ गते । चिसो बढ्दै गएसँगै बैतडीका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै मानवीय सहयोगका कार्यक्रम अघि बढाइएको छ ।
सोहीक्रममा बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित गुरुकुल माध्यमिक विद्यालय, सेरामा अध्ययनरत बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको दसरथचन्द नगरपालिका ६ का अध्यक्ष महेन्द्र कार्कीले बताउनुभयो ।
राधा माधव समिति बैतडी र डिभाइन युथ क्लबको सहकार्यमा आयोजित कार्यक्रममा २८ जना विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको कार्कीले बताउनुभयो । सहयोगले चिसोका कारण पठनपाठनमा देखिने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
राधा माधव समितिले मानवीय सहयोग कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष जिल्लाका विभिन्न विद्यालयमा न्यानो लुगा वितरण गर्दै आएको डिभाइन युथ क्लबका अध्यक्ष नारायणदत्त जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म बैतडीका ६ वटा विद्यालयका विद्यार्थीहरु यो कार्यक्रमबाट लाभान्वित भइसकेका जोशीले बताउनुभयो ।
कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, वडा नं. ६ का वडाध्यक्ष महेन्द्र कार्की तथा राधा माधव समिति बैतडीका अध्यक्ष हरिदत्त जोशी लगायतले यस्ता कार्यक्रमले बालबालिकाको विद्यालय पहुँच र निरन्तरतामा टेवा पुग्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस