काठमाण्डौ – नेकपा एमालेले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिनु आपत्तिजनक भएको जनाएको छ ।
पार्टीका महासचिव शङ्कर पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संयुक्त राष्ट्रसङ्घलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशको जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत् नियन्त्रणमा लिने र विभिन्न अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन गरेको उल्लेख गर्नुभएको छ ।
पोखरेलले अमेरिकाको पछिल्लो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्विकारयोग्य विषय हुन नसक्ने समेत बताउनुभएको छ । यो घटनाले अन्तर्राष्ट्रिय कानून, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको र यसमा स्वयम् अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिएको उहाँको जोड छ ।
प्रतिकृया दिनुहोस