अछाम । सशस्त्र प्रहरी बल नेपाल नं. ४९ गुल्म हे.क्वाटर खप्तड, साँफेबगरको आयोजनामा २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ रजत महोत्सवको अवसरमा साँफेबगरमा लागू, औषध, सीमा सुरक्षा र युवा सम्बन्धि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
सामाजिक विकास कार्यालय अछामसँगको सहकार्य तथा साँफेबगर नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले लागु औषधले युवामा पार्ने नकारात्मक असर, सीमा सुरक्षाको महत्व तथा राष्ट्रप्रतिको जिम्मेवारी बारे धारणा व्यक्त गरेका छन् । लागुऔषध दुरुपयोगले युवाको भविष्य अन्धकार बनाउने भन्दै यसको नियन्त्रणमा सबैको साझा जिम्मेवारी रहेको बताए ।

सीमा सुरक्षाले देशको पहिचान र स्वाभिमान जोगाउने काम गर्ने उल्लेख गर्दै युवा पुस्ता सचेत र जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।
सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर रावलले लागुऔषधको सेवन देखि वेचविखनमा वालवालिकाको प्रयोग देखिएका कारण यसको नियन्त्रण गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । सवैको सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख अम्बादत्त जोशीले यस्ता सिर्जनात्मक तथा चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारी र राष्ट्रप्रेमको भावना विकास हुने बताउनुभयो । उहाँले विद्यालय शिक्षासँगै सामाजिक सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल नं. ४९ गुल्म हे.क्वाटर खप्तडका गुल्मपति दिपेन्द्र बहादुर थापाले सशस्त्र प्रहरी बल केवल सुरक्षा निकाय मात्र नभई सामाजिक उत्तरदायित्व बोकेको संस्था भएको बताउनुभयो ।

उहाँले सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र युवालाई सचेत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
वक्ततृत्वकला प्रतियोगितामा नगरका १५ वटा विद्यालयको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा राष्ट्रिभाषा माविका छात्र विशेष जोशी प्रथम, वर्चहिल एकेडेमीका छात्रा सभ्यता कुँवर दोस्रो, हिमालय माविकास छात्रा जेनिशा कुँवर तृतिय र जनकल्याण माविका छात्रा डालिमा केसी सान्तवा हुुनु भएको छ ।
कार्यक्रमको अन्त्यमा उत्कृष्ट वक्ताहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । सशस्त्र प्रहरी बलद्वारा आयोजना गरिएको यो कार्यक्रमले विद्यार्थीम चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको भनाइ रहेको छ।
प्रतिकृया दिनुहोस