सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय

छिनोफानो   सोमबार २८, पुष २०८२ ११:११

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा भैरहेको विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उहाँको सचिवालयले खण्डन गरेको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले सूचना निकालेर सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराउनुभएको हो । ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ । कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ’ सूचनामा भनिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले आउँदो वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हिजोदेखि विशेष महाधिवेशन शुरू भएको हो । महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । पार्टी सभापति देउवालगायत संस्थापन पक्षका नेताहरु भने उपस्थित भएका छैनन् ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु