धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ

छिनोफानो   मङ्गलबार २९, पुष २०८२ १२:१९

धनगढीः धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ परेका छन्। बिशेष सूचनाको आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको चितवन होटेलमा कोठा गरी बसेको बझाङको सुर्मा गाउँपालिका–२ बस्ने ५० वर्षीय जलहरी बोहरा चरेशसहित पक्राउ परेका हुन्।

बोहरालाई चेकजाँच गर्दा उनको साथबाट ५ केजी ५७६ ग्राम लागूऔषध चरेश फेला पारी उक्त पदार्थसहित वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु