खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक पक्राउ

छिनोफानो   बुधबार ०१, माघ २०८२ १२:५६

काठमाडौँ । सिन्धुलीको घ्याङलेक गाउँपालिकामा एसबीआई बैंकमा लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको छ ।

मङ्गलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच–छ जनाको समूहले उक्त बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपियाँ लुटेका थिए ।

सोही क्रममा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली करिब ८० लाख रुपियाँ) सहित युवराज नेवारलाई पक्राउ गरेको हो ।

सिन्धुलीबाट झापातर्फ जाँदै गरेको सुमो गाडी चेकजाँचका क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु