हातहतियार तथा खरखजाना बुझाउन निर्देशन

छिनोफानो   बुधबार ०१, माघ २०८२ ०१:०३

बाजुरा ।  जिल्ला प्रशासन कार्यालय बाजुराले हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ । २०८२ साल माघ १५ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराले स्थानीयलाई निर्देशन दिएको हो ।

मङ्गलबार एक सूचना जारी गर्दै इजाजतप्राप्त वा इजाजत नलिई व्यक्तिगत रूपमा राखिएका भरुवा बन्दुकसहितका हातहतियार जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको प्रहरी चौकीमा बुझाउन सबैमा आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यो निर्देशन जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले तोकिएको म्यादभित्र हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानुन अनुसार कारबाही गरिनेछ ।”

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र निष्पक्ष भएरहित विश्वसनीय र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले यस्तो सूचना जारी गरेको निरौलाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु