कञ्चनपुरमा बसकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु

छिनोफानो   शुक्रबार ०३, माघ २०८२ १२:०६

धनगढी । कञ्चनपुरमा बसकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत भीमदत्त नगरपालिका-६ स्थित सेती महाकाली पेट्रोल पम्प नजिकै सुपप्र ०२००१ ख १०८३ नम्बरकाे बसकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षका पुरूष भएपनि उनकाे पहिचान खुल्न नसकेकाे सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।

उनकाअनुसार मृतककाे शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

बस र चालक कैलालीकाे गाेदावरी नगरपालिका- १० बस्ने रामबहादुर ताम्राकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु