काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल रु. पाँच हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन रु. दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु. पाँच हजार ४८५ मा कारोबार भएको थियो ।
बुधबार एक तोला सुन रु. दुई ७८ हजार र त्यति नै चाँदीको मोल रु. पाँच हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन रु. दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु. पाँच हजार ३४० मा कारोबार भएको थियो ।
गत आइतबार प्रतितोला रु. दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु. चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
प्रतिकृया दिनुहोस