बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–९ गैरीबजार बस्ने वर्ष ७२ की कमला लुहार आफ्नै घरको छतमा बसिरहेको अवस्थामा एक्कासी लडेर मृत्यु भएको छ ।
लडेर बेहोस भएकी लुहारलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी, बाजुरा लगिएको थियो। तर चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।
प्रतिकृया दिनुहोस