कञ्चनपुरमा खैरो हेरोइनसहित युवक पक्राउ

छिनोफानो   शनिबार ०४, माघ २०८२ ११:२६

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने वर्ष ३६ का दिनेश दमाईको घरमा शंकाको आधारमा खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेपछि उक्त पदार्थसहित दिनेश दमाईलाई नियन्त्रणमा लिइएको हो।

उनलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर तथा अस्थायी प्रहरी पोष्ट नौलाखेत, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु