कैलाली: कैलालीको घनगढी उपमहानगरपालिका–६ दोघरा टोलका २१ वर्षीय दिर्घ खड्काको करेन्ट लागेर मृत्यु भएको छ।
मंगलवार साँझ करिब ७:४५ बजेतिर आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्नेक्रममा करेन्ट लागी खड्का गम्भीर घाइते भएका थिए। परिवार तथा स्थानीयले उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगेका थिए। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा खड्कालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस