यि हुन् सुदूरपश्चिममा एमालेका १६ उम्मेदवार

छिनोफानो   आइतबार ०५, माघ २०८२ ०१:१५

धनगढी: नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सुदूरपश्चिमका ९ जिल्लामा उम्मेदवार छनोट गर्दै नाम सार्वजनिक गरेको हो।
पार्टी सचिवालय बैठकको निर्णयअनुसार कैलालीका ५ निर्वाचन क्षेत्र, कञ्चनपुरका तीन जना तथा अन्य जिल्लाबाट एक–एक जना उम्मेदवार चयन गरिएको एमाले स्रोतले जनाएको छ। उम्मेदवार छनोटसँगै सुदूरपश्चिममा एमालेको चुनावी गतिविधि थप तीव्र हुने संकेत देखिएको छ।

जिल्लाअनुसार एमालेका उम्मेदवार यसप्रकार रहेका छन्–
कैलाली:
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर:
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम:
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा:
– लालबहादुर थापा
डोटी:
– दीपक धामी
डडेल्धुरा:
– चक्र स्नेही
बझाङ:
– अफिलाल ओखेडा
बैतडी:
– दामोदर भण्डारी
दार्चुला:
– गणेशसिंह ठगुन्ना
एमालेले उम्मेदवार टुंगो लगाएसँगै जिल्लास्तरमा संगठन परिचालन, चुनावी रणनीति र प्रचार–प्रसारलाई तीव्र बनाउने तयारी थालेको छ। पार्टीले सुदूरपश्चिममा यसपटक बलियो जनाधार र संगठनको आधारमा जित सुनिश्चित गर्ने दाबी गरेको छ।
यसअघि निर्वाचन कार्यालय स्थापना, उम्मेदवार मनोनयनको तयारी र दलगत आन्तरिक छलफल तीव्र रूपमा अघि बढिरहेको अवस्थामा एमालेको उम्मेदवार घोषणालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु