कञ्चनपुरमा साढे तीन लाखको अवैध सामान बरामद

छिनोफानो   सोमबार ०६, माघ २०८२ ११:०९

धनगढी । कञ्चनपुरमा अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामानहरू प्रहरीले बरामद गरेको छ।

भिमदत्त नगरपालिका–१० सुखासाल र बेलौरी नगरपालिका–१० जर्सिखल्ला क्षेत्रबाट अन्दाजी मूल्य तीन लाख ५६ हजार आठ सय रुपैयाँ बराबरको चिनी, मोबाइल, विभिन्न किसिमका कपडा लगायतका सामानहरू बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु