चीनद्वारा ‘इन्टरनेट उपग्रह समूह’ सफलतापूर्वक प्रक्षेपण

छिनोफानो   बुधबार ०८, माघ २०८२ १०:४२

चीनले दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ । हैनानमा रहेको व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो । यसअघि ६ दिनअघि त्यही ठाउँबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो । चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) अन्तर्गत अन्तरिक्ष क्षेत्रलाई देशको औद्योगिक प्रणाली र वास्तविक अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिएको छ ।

उच्च कार्यक्षमता, बजारमुखी नवप्रवर्तन र ठूलो मात्रामा उत्पादन क्षमता भएका व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चीनको अन्तरिक्ष विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

सोमवार प्रक्षेपित उपग्रहहरू बेइजिङमा रहेको व्यावसायिक कम्पनी ग्यालेक्सीस्पेसले विकास गरेको हो । कम्पनीले अहिलेसम्म स्टारलिङ्क–जस्तै उपग्रह सञ्जाल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु