धनगढी । नेपाली कांग्रेसमा कैलाली– ४ बाट उम्मेदवार बन्न वीरबहादुर बलायरले अस्वीकार गरेपछि गोरखबहादुर विष्ट ‘आनन्द’ले टिकट पाएर उम्मेदवारी दर्ता गरेका छन् । टिकट पाएका विष्ट कांग्रेस जनसम्पर्क समितिका अध्यक्षसमेत हुन् ।
निवर्तमान सभापति शेरबहादुर देउवानिकट एवं प्रदेश सभापति बलायरले चुनाव नलड्ने घोषणा गरेका थिए । उनी फिर्ता भएपछि देउवा समूहकै नेता विष्टले टिकट पाएका हुन् । उनी १३ औँ महाधिवशेनमा अमेरिकाबाटै महाधिवेशन प्रतिनिधि बनेका थिए । कैलाली ४ मा २०७९ मा बलायर विजयी भएका थिए ।
प्रतिकृया दिनुहोस