जबरजस्ती करणी गरेको अभियोगमा टिकापुरका रनबहादुर पक्राउ

छिनोफानो   बुधबार ०८, माघ २०८२ १०:५८

धनगढीः कैलालीको टीकापुरका एक जना जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

शारीरिक रुपमा अशक्त भएकी १८ वर्षीया किशोरीलाई मंगलवार जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ एकतापुर बस्ने ५२ वर्षीय रनबहादुर सुनार पक्राउ परेका हुन्। सुनारले किशोरीलाई घरको आगनमा एक्लै बसिरहेको अवस्थामा उनको सुत्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीमा दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु