धनगढी ।कैलालीमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । गोप्य सूचनाको आधारमा लम्कीचुहा नगरपालिका–१ भुरुवामा चेकजाँच गर्ने क्रममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय भरत सन्ज्याल र २७ वर्षीय मदन आचार्य रहेका छन् । उनीहरूको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको लागूऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस