हिमालयन लाईफका सिईओ दाहाल कर्मचारी युनियनका कारिन्दाका रुपमा प्रस्तुत भएको आरोप

छिनोफानो   शुक्रबार १०, माघ २०८२ ०२:५६

काठमाडौँ । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० कपिल कुमार दाहालमाथि ‘कर्मचारी युनियन’ को कारिन्दाका रुपमा प्रस्तुत भएको गम्भीर आरोप लागेको छ ।

नवनियुक्त सिईओ दाहालले युनियनका अध्यक्ष हरी बहादुर खड्काको निर्देशनअनुसार कम्पनीका ईमानदार एवम् कर्मनिष्ठ कर्मचारीहरुमाथि नै भेदभावपूर्ण व्यवहार गर्न थालेपछि उनीमाथि
‘युनियनको कारिन्दा’ को आरोप लगाइएको हो ।

सिईओ दाहालले पद जोगाउनकै लागि युनियनको चाकडी गर्दै आएको कर्मचारीहरुको आरोप छ । हिमालयन लाईफमा रहेको युनियनमा कर्मचारीलाई आवद्ध हुन सिईओ आफैले जबर्जस्ती दवाव दिँदै आएको साबिकको गुरास लाईफका एक कर्मचारी बताउँछन् । उनी भन्छन्, ‘हामी युनियनमा छैनौँ । कर्मचारी संगठनमा रहने या नरहने भन्ने बिषय नितान्त हाम्रो व्यक्तिगत कुरा हो । तर, सिईओ सर आफैले हामीलाई युनियनमा आवद्ध हुन दवाव दिँदै आउनु भएको छ ।’

ती कर्मचारीका अनुसार युनियनमा आवद्ध नभएका कर्मचारीहरुलाई सजाय स्वरुप अध्यक्ष खड्काकै निर्देशनमा सिईओ दाहालले अपायक तथा दुर्गममा सरुवा गरिदिएका छन् ।

तर, सिईओ दाहालले भने यस बिषयमा कुनै पनि सत्यता नभएको दावी गरेका छन् । “पच्चिस प्रतिशत कर्मचारी भएपछि अर्को युनियन खोल्न सकिने व्यवस्था छ तर हिमालयन लाईफ इन्स्योरेन्समा खड्का नेतृत्वको एउटा मात्र कर्मचारी संगठन छ । उसैको निर्देशनमा सिईओ समेत चल्ने गरेका छन् ।” उनले भने ।

हिमालय लाईफको युनियनमा आवद्ध भएका कर्मचारीलाई ज्वाई जस्तो व्यवहार गर्ने, सेवा सुविधा पनि सोहिअनुसार दिने र अन्य कर्मचारीमाथि डर धम्की दिँदै जथाभावी ट्रन्सफर गरिँदै आएको उनको गुनासो छ । यसरी जबर्जस्ति एवम् जथाभावी ट्रान्सफर गरिनेमा साविकको युनियन लाईफका कर्मचारी छन् ।

“कर्मचारी ऐन र श्रम ऐनले जबर्जस्ती संगठनमा आवद्ध गराउन नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर हिमालय लाइफमा उक्त नियमको खिल्ली उँडाइएको छ,” ती कर्मचारीले भने ।

श्रम ऐन, २०७४ अनुसार कर्मचारीलाई संघ–संगठनमा स्वतन्त्र रूपमा आवद्ध हुने वा नहुने अधिकार सुनिश्चित गरिएको छ । कुनै पनि व्यवस्थापन पक्षले संगठनमा आवद्ध हुन दबाब दिनु, आवद्ध नभएको कारण दण्ड वा सरुवा गर्नु श्रम ऐनको स्पष्ट उल्लंघन हो । कानुनी विद्हरूका अनुसार यस्तो कार्य ‘अनुचित श्रम व्यवहार’ अन्तर्गत पर्छ जसमा पीडित कर्मचारीले श्रम अदालत वा श्रम कार्यालयमार्फत कानुनी उपचार खोज्न सक्ने व्यवस्था छ ।

सिईओ दाहाल मर्जर अघि साबिकको युनियन लाईफमा डेपुटी सिईओ थिए । प्राइम, गुराँस र युनियन लाइफ मर्ज भइ हिमालयन लाईफ बनेपछि हिमालयन लाइफमा पनि उनी डेपुटी सिईओ नै बने। केहि समय अघि अभिकर्ता र युनियनले गरेको आन्दोलनपछि सिईओ मनोजकुमार लाल कर्णले राजिनामा दिएपछि उनी सिईओ बनेका हुन् ।

तर, दाहालमाथि युनियनका कर्मचारी उचालेर कम्पनी र सिईओविरुद्ध आन्दोलन गराई आफू सिईओ बनेको गम्भीर आरोप छ । अनलाइनपानाबाट साभार 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु