अमेरिकी र अस्ट्रेलियन डलरको भाउ अहिलेसम्मकै उच्च

छिनोफानो   शनिबार ११, माघ २०८२ ११:०६

काठमाण्डौ – आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिदर १ सय ४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ४१ पैसा छ ।

हिजो अमेरिकी एक डलरको खरिदर १ सय ४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ९२ पैसा थियो । त्यस्तै आज अस्ट्रेलियन डलर एकको खरिदर १ सय रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय रुपैयाँ ९६ पैसा छ । अस्ट्रेलियन डलरको यो भाउ पनि अहिलेसम्मकै उच्च हो ।

हिजो अस्ट्रेलियन डलर एकको खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १ सय ७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु