धनगढी । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँबाट मंगलबार दिउँसो ६५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र एक डिब्बा कोरेक्ससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्कबहादुर खड्का र कञ्चनपुरको जानकी गाउँपालिका–७ पठरैया बस्ने ३० वर्षीया मिना राजी रहेका छन्।
उनीहरू सवार से ६ प ६९९४ नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
प्रहरीले लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रतिकृया दिनुहोस