पर्सामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणीको अभियोगमा एक पुरुष पक्राउ

छिनोफानो   शुक्रबार १०, मङि्सर २०७८ ०३:२५

पर्सामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणीको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरिदिने जस्ता विभिन्न प्रलोभन देखाई गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यता बर्दियामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका–२ बस्ने ५४ वर्षीय चिन्कौ थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई २०७७ कात्तिक ९ गते जबरजस्ती करणी गरी फरार भएका थारुको जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गुलरिया नगरपालिका–३ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय गुलरिया बर्दियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु