हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

छिनोफानो   शुक्रबार १०, मङि्सर २०७८ ०३:३२

 झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ६ बजेतिर चिया टिप्ने क्रममा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा मगरलाई हात्तीले आक्रमण गरेको हो ।

मेचीनगर नगरपालिका–१४ शनिबारेका टंक पौडेलको चिया बगानमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै बुर्जा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई मारेर हात्ती आरचाली जंगलतर्फ गएको छ । पोस्टमार्टमका लागि शव मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु