डोटीमा एक महिला सेती नदीमा बेपत्ता

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०९:०८

 डोटीको दिपायलकी एक महिला सेती नदीमा बेपत्ता भएकी छन् । शुक्रबार दिउँसो उनी नदीमा बेपत्ता भएकी हुन् ।
शुक्रबार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी ती महिलाको पहिचान खुलेको छैन । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले जानकारी दिए ।

दिपायलस्थित सेती नदीको पक्की पुलमाथिबाट उनले सेतीमा हाम फालेकी प्रत्यक्षदर्शीहरुले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशव खड्काले पनि ती महिला सेतीमा खसेको देखेका थिए । लगत्तै प्रहरी र स्थानीयले खोजी सुरु गरे पनि उनलाई नभेटिएको प्रहरी निरीक्षक थापाले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु