जुम्लाको बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गयो

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०९:२६

जुम्लाको तिला गाउँपालिका ९ मा रहेकाे बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गएकाे छ । धाराखाेलामा रहेकाे बालुवा खानीमा पुरिँदा त्यही वडा बस्ने १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावतकाे ज्यान गएकाे हो ।

स्थानीयवासी बिनबहादुर रावतका अनुसार आज शुक्रवार बिहान ७ बजे बालुवा सङ्कलनका लागि उनीहरू बालुवा खानी पसेका थिए । बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै ज्यान गएकाे हो ।

घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ कोष टाढा छ । याे घटनाको खबर प्राप्त भएलगत्तै रारामा रहेकाे प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानुका साथै  मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु