लागुऔषधसहित कैलालीमा एक जना पक्राउ

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०२:४३

धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको घोडाघोडी नगरपालिका -१ सिमतडी घर भई हाल टीकापुर नगरपालिका १ जमरापारीमा घोडाघोडी वर्कसप सञ्चालन गर्दै आएका २६ वर्षीय उमेश चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए । 

उनलाई ५ ग्राम ७६० मिलिग्राम लागु औषध ९खैरो हिरोईन० सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु