भोट माग्दै भीम रावल– सहमति गर्ने भए मेरै नाममा गरौँ

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०३:२६

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । सौराहामा आज बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्रको कार्यक्रम दिउँसो ३ बजेसम्म पनि सुरु भएको छैन ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी छ । अध्यक्षका आकांक्षी भीम रावलले भने प्रतिनिधिहरूसित मत मागिरहेका छन् । उनले आफूलाई जिताउन आग्रह गरिरहेका हुन् ।

विभिन्न पदमा आकांक्षीहरू धेरै हुँदा सर्वसम्मत नेतृत्व चयनमा सहमति जुटाउन समय लागेको बताइएको छ ।

रावलले सर्वसम्मत गर्ने भए आफ्नै नाममा सहमति गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्षमा केपी शर्मा ओलीलाई दोहोर्‍याउने प्रयास भइरहँदा उनले आफू पछि नहट्ने बताएका हुन् । उनले आफूलाई मत दिन प्रतिनिधिहरूलाई मनाउने कोसिस गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु