जनपत्रकार संगठन नेपालको चोथो राष्ट्रिय सम्मेलन माघ ११देखि १३ बुटवलमा हुने

छिनोफानो   शनिबार ११, मङि्सर २०७८ ०४:०५

नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल केन्द्रिय आयोजक समितिको काठमाण्डौमा मंसिर ९ र १० गते बसेको पाचौ पूर्ण बैठकले  चौँथो राष्ट्रिय सम्मेलन यही माघ ११ देखि १३ गतेसम्म रुपेन्देही जिल्लाको बुटवलमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पत्रकार भनेको एउटा सचेत र श्रमजीवीहरुको वकालत गर्ने वर्ग भएकोले पार्टीलेले संचालन गरेको एजेण्डा प्रगतिशिल संयुक्त सरकार र जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको निम्ति भैराखेको संघर्षलाई कलमको मार्फत उजागरण गर्नुपर्ने बताउनु भयो साथै सम्बोधन गर्दै अर्का वक्ता फ्याक्सन इन्चार्ज प्रज्वलनले श्रमजीवी पत्रकारहरुको पक्षमा जनपत्रकार संगठनले व्यापक आवाज सहित आन्दोलनको उत्थान गर्नु पर्ने बताउनु भयो ।

केन्द्रिय संयोजक शेर बहादुर विश्वकर्माको अध्यक्षता र संचालनमा भएको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा र फ्याक्सन इन्चार्ज प्रज्ज्वलनको आतिथ्यतामा बैठक सम्पन भएकोमा थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु