जाजरकोटमा बस दुर्घटना : पाँचको मृत्यु, ३० घाइते

छिनोफानो   आइतबार १२, मङि्सर २०७८ ०८:०७

जाजरकोटमा गए राति रात्रिबस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नेपालगञ्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस जाजरकोटको कुदु बराहचौर नजिक दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आज बिहान २ बजे बस सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घटनाको थप विवरण संकलन भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु