चिसोसँगै प्रदूषण पनि बढेकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह

छिनोफानो   आइतबार १२, मङि्सर २०७८ ०८:५२

मौसम धुम्मिएकाले देशभर चिसोसँगै प्रदूषण पनि बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो ।

उहाँका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । चिसो बढ्दै गएको छ । चिसोसँगै प्रदूषण पनि बढेको छ । सहरीकरण, जथाभाबी आगो बाल्नु तथा फोहोर जलाउनु, पानी नपर्दा धुलो बढ्दै गएकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ ।

चिसो र प्रदूषण सँगसँगै बढेकाले स्वास्थ्यमा चुनौती थपिएको छ ।  यो बेला विशेषगरी बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी जोखिम हुने डाक्टरले बताएका छन् ।

यो बेला रुघाखोकी, घाँटी दुख्ने, निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी रोगले सताउन सक्ने भएकाले सावधानी अपनाउन वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाको आग्रह छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु