कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , क्षेती पूर्तिको माग गर्दै  पूर्वपश्चिम राजमार्ग अवरुद्ध

छिनोफानो   आइतबार १२, मङि्सर २०७८ १०:३१

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  भएको छ । शनिबार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र ०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु हो ।

मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट  क्षेती पूर्ति पाउनु पर्ने माग गर्दै  पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले बताइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु