टीका लगाएर कुनै पनि पद स्वीकार्य छैन, चुनाव अध्यक्षमै लड्छु : भीम रावल

छिनोफानो   आइतबार १२, मङि्सर २०७८ १२:३१

सौराहा । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले टीका लगाएर पाउने कुनै पनि पद अस्वीकार गर्ने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धाले पार्टी कमजोर हुने भन्दै सर्वसम्मत रूपमा नेताहरूलाई पदको भागबन्डा मिलाउने जिम्मा लिएपछि रावल र घनश्याम भुसाल असन्तुष्ट बनेका छन् । त्यसमध्ये ओलीसँगकै प्रतिस्पर्धामा उत्रिन उमेदवारी घोषणा गरेका रावलले भने टीका लगाएर दिइने कुनै पनि पद आफूलाई अस्वीकार्य भएको बताए ।

“महाधिवेशनका नाममा टीका लगाएर बाँड्ने कुनै पनि पद मलाई स्वीकार्य छैन,” रावलले बाह्रखरीसँग भने, “म अध्यक्षको उमेदवार बन्छु, एक भोट मात्र आउँछ भने पनि प्रतिस्पर्धामा भाग लिन्छु ।”

ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरूसँग छलफल जारी राखेका छन् । तर, रावलले छलफलका लागि प्रस्तावसमेत नआएको भन्दै आफू अध्यक्षमा बढी मत ल्याउनका लागि खटिरहेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु