बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०८:४०

 बागलुङको बलेवामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नम्बरको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक दुबै जना पुरुष रहेका स्थानीयवासी भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि कुश्मा अस्पताल लगिएको छ ।

दुर्घटनापछि ट्रयाक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्रयाक्टर भिरबाट झण्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु