नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड बढी रकम ब्याजमा लगानी गर्ने

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०४:१९

 नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको एक अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्न चाहेको हो ।

यसका लागि बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ८८ करोड ६४ हजार रुपैयाँ छुट्याइएको छ भने ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र लघुवित्त कम्पनीहरुलाई क्रमशः १६ करोड ६१ लाख र ५ करोड ५३ लाख रुपैयाँ छुट्याइएको छ ।

तर, निक्षेप माग गर्ने बैंकहरुले राष्ट्र बैंकले तोकेको सर्त तथा नियमहरु पूरा गरेको हुनुपर्ने जनाएको छ । दरखास्त आगामी मंसिर १७ गते दिउँसो १ बजेभित्र दिइसक्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु