प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडेलाई पक्राउ

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०४:२८

प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्ने जुवाडेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु